१० मंसिर २०८३, बिहिबार

कांग्रेस थला परेको बाघजस्तो निरीह बन्योः ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली

भद्रपुर, २५ साउन । नेपाली कांग्रेस थला परेको बाघजस्तो निरीह बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।

आज झापाको भद्रपुरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता ओलीले नेपाली कांग्रेस थला परेको बाघजस्तो भएकोले उ बाट आशा गर्नुको कुनै अर्थ नरहने जिकिर गर्नुभयो ।

अर्काे प्रसँगमा ओलीले तराइलाई पहाडबाट अलग्याउने खेल भइरहेको भन्दै एमालेले कुनै पनि हालतमा पहाडबाट मधेश अलग्याउन नदिने स्पष्ट पार्नुभयो ।

भारतमा समेत पहाडबाट तराइलाई कतैपनि अलग्याएको इतिहास नरहेको तथ्य प्रस्तुत गर्दै एमालेको स्पष्ट अडान रहेको दोहोराउनु भएको छ ।

अगुवा कार्यकर्ता भेलामा युवा नेताहरु धनश्याम अधिकारी बसन्त बाँनिया, असारु राजबशी, पुष्पराज पोखरेल, लगायतको सहभागिता रहेको थियोे ।

भेलामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाइ ओलीले अविर तथा खादा पहिराएर स्वागत समेत गर्नुभएको थियो । ओली आज नै काठमाडौ फर्किनु भएको छ । प्रदेश नम्वर एकका जनप्रतिनिधीहरुको भेलालाई इलाममा सम्वोधन गरेर ओली हिजो झापा झर्नुभएको थियो ।