काठमाडौं, २५ साउन । सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशितरप्रसारित समाचार सामग्री मध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुई जना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम अनुसार छनोट हुने सञ्चारकर्मीहरुको नाम घोषणा गरिएको छ ।
यस अनुसार टेलिकमको फोर(जी सुरु शीर्षकको समाचार लेख्ने नागरिक दैनिकका सञ्चारकर्मीद्वय श्री सन्तोष न्यौपाने (काठमाडौ) र श्री सन्तोष पोखरेल (पोखरा) लाई (संयुक्तरुपमा लेखिएको समाचारका लागि) संयुक्त रुपमा र नेपालमा ‘फोरजी’ सेवा सुरु शीर्षकको समाचार लेख्ने गोरखापत्र दैनिकका सञ्चारकर्मी श्री विश्वास रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ । उहाँहरुलाई विशेष कार्यक्रमको आयोजना गरी निकट भविष्यमा नै सम्मान गरिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।
उनका अनुसार कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशन/सारण गर्ने दुई जना आमसञ्चारकर्मीलाई छनोट गरी पुरस्कृत गरेर सम्मानित गर्ने प्रयोजनका लागि मिति २०७४।०१।२१ मा नेपाल पत्रकार महासंघको समेत प्रतिनिधित्व रहने गरी मूल्याङकन समिति गठन गरेको थियो । उक्त समितिले २०७४।०१।२२ गते सूचना प्रकाशित गरी सो सम्बन्धी सामग्री पठाउन आह्वान गरेको थियो ।
सो अनुसार समितिले प्राप्त सामग्रीहरुको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषा आदिको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट समाचार सामग्री छनोट गरेको हो ।













प्रतिक्रिया