काठमाडौं, १३ कात्तिक । एप्पल कम्पनीका सिइओले आफूलाई समलिंगी भएको सार्वजनिक घोषणा गरेका छन् ।
कप्पनीका सिइओ टिम कुकले आफू समलिंगी भएको भन्दै यसलाई भगवानले दिएको सुन्दर उपहारका रूपमा आफूले लिएको खुलासा ब्याख्या गरेका छन् ।
उनले आफू समलिंगी भएको विषयमा ब्लुमबर्गमा एउटा लेख पनि लेखेका छन्। एप्पलमा आफू समलिंगी भएको धेरैलाई थाहा भएको भन्दै उनले तर उनीहरुको व्यवहारमा कुनै भिन्नता नपाएको बताएका छन् । कुकले समलिंगी भएकोमा आफूलाई गर्व लागेको समेत सुनाए ।
५३ वर्षका कुकले आफ्नो यौन प्रवृत्तिको बारेमा यसअघि सार्वजनिक रुपमा कहिल्यै बोलेका थिएनन् । एजेन्सी
















प्रतिक्रिया