काठमाडौं, २५ साउन । चार वर्षपछि नोकिया पुनः नेपाली बजारमा प्रवेश गरेको छ । कुनै समय बारफोनको दुनियामा राज गरेको नोकियाले आफूलाई परिष्कृत गर्दै स्मार्टफोनको रुपमा बजारमा ल्याएको हो ।
फिनिस कम्पनीले १० वर्षसम्मका लागि सम्झौता गरि नोकिया नामबाट स्मार्टफोन निमार्ण गरि विश्व बजारमा प्रस्तुत गरेको हो । नेपालको लागि नोकियाको विक्री तथा वितरण प्रवद्र्धनक पारामाउन्ट इलेक्ट्रोनिक्सले नेपाली स्मार्टफोन प्रयोगकर्ता माझ ल्याएको छ ।
पारामाउन्ट इलेक्ट्रोनिक्स यस अघी पनि नोकिया फोनको डिस्ट्रिव्युटरको रुपमा काम गरेको थियो । मिड रेन्जको स्मार्टफोनको रुपमा नोकियाले नेपाली बजारमा एकै पटक नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले केहि समय अघि आफ्नो सबैभन्दा सफल बारफोन नोकिया ३३१० लाई सार्वजनिक गरेको थियो । बजारमा आएको नोकियामा नयाँ मोडलका स्मार्टफोन विश्वव्यापी रुपमा रुचाइएको एनड्रोइड न्युगट अपरेटिङ सिष्टममा आधारित रहेको छ । जसको मद्धतले स्मार्टफोन प्रयोगकर्ताले गुगलले आफ्नो नयाँ भर्जन सार्वजनि गर्ने बितिकै अपडेट गरि प्रयोग गर्न सक्नेछन् ।
डबल सिम प्रयोग गर्न सकिने नोकियाका नयाँ स्मार्टफोन मध्य नोकिया ६ कम्पनीको एउटा उत्कृष्ट उत्पादन हो । नेपाली बजार मूल्य २५ हजार ६ सय रुपैयाँ रहेको नोकिया ६, ५.५ इन्च फूल एचडी डिस्प्लेका साथ उपलब्ध रहेको छ ।
स्नापड्रागन ४३० चिपसेट रहेको स्मार्टफोनमा अक्टाकोर १.४ गीगाहर्ज प्रोसेसर रहेको छ । तीन जीवी र्याम रहेको फोनमा ३२ जीवी इनटरनल स्टोरेज रहेको छ । पुर्ण एल्मुनियम बडीका साथ आकषर्ण डिजाइनका साथ बजारमा आएको नोकिया ६ मा आठ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र १६ मेगा पिक्सेलको रियर क्यामेराका रहेको छ।
प्योर एण्ड्रोइड न्युगट अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा फ्रिङ्गर प्रिन्ट स्क्यानर सुबिधा रहेको छ । यो स्मार्टफोनमा तीन हजार एमएएच क्यापिसिटिको ब्याट्री प्रायोग गरिएको छ ।
त्यस्तै नोकिया ५, ५.२ इन्च एचडी डिस्प्ले रहेको छ । क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गीगाहर्ज प्रोसेसर रहेको उक्त स्मार्टफोनमा दुई जीवी र्याम र १६ जीवी इन्टरनल मेमोरी रहेको छ ।
एल्मुनियम बडी र आकषर्ण डिजाइनका साथ निमार्ण गरिएको स्मार्टफोनमा १३ एमपीको रियर र आ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । फ्रिङ्गर प्रिन्ट स्क्यानर सुविधा रहेको स्मार्टफोन प्योर एनड्रोइड न्युगट अपरेटिङ सिस्टम ७.१.१ मा आधारित रहेको छ ।
तीन हजार एमएएच ब्याट्री क्षमता रहेको नोकिया ५ को बजार मूल्य २१ हजार तीन सय ५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले १५ हजार ६ सय ५० रुपैयामा नोकिया ३ पनि बजारमा सार्वजनिक गरेको छ ।
५.० इन्च एचडी डिसप्लेको रहेको यो स्मार्टफोनमा क्वाडकोर १.३ गीगाहर्ज प्रोसेसर रहेको छ । दुई जीवी र्याम र १६ जीवी इन्टरनल मेमोरी रहेको फोनमा ८ मेगापिक्सलको फ्रन्ट र रियर क्यामेरा रहेको छ ।
प्योर एन्ड्रोइड न्युगट अपेटिङ सिस्टम ७.० मा आधारित भएर निमार्ण गरिएको यो स्मार्टफोनमा २६ सय ३० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसका साथै नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया ८ पनि नेपाली बजारमा ल्याउने जनाएइको छ ।















प्रतिक्रिया