२ कार्तिक २०८३, सोमबार

बारामा एमालेको चुनावी अभियान तीव्र, पचासौं नेता कार्यकर्ता एमालेमा प्रबेश

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २४ साउन । नेकपा एमाले बाराले आशन्न स्थानीय निर्वाचनलाई लक्षित गरी जिल्ला ब्यापीरुपमा अगुवा भेला, प्रशिक्षण, जनभेला तथा पार्टी प्रबेश कार्यक्रमको आयोजना गरिरहेको छ ।

यसैक्रममा बाराको परवानिपुर गांउपालिका १ को बहुअरीमा आज जन भेलाको आयोजना गरिएको छ । जनभेलालाई सम्बोधन गदै एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले सामाजिक रुपान्तरणका लागि एमालेको बिजय आवश्यक रहेको बताए । उनले एमाले सरकारमा भएको समयमा तराई मधेसको बिकासका लागि हुलाकी सडक, तराई सिन्चीत कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम सुरु गरेको उल्लेख गर्दै तराइका जिल्ला सदरमुकाको बिकासका लागि ५० करोड बिनियोजन गरिएको बताए ।

त्यसै गरी जिल्ला सचिवालय सदस्य अमर यादबले अबको निर्वाचनमा एमाले भारी बहुमतका साथ जित्ने ठोकुवा गरे । रामेश्यर पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य सोचन यादब, रामक्षेत्री पटेल, मोबिन आलम, वडा अध्यक्षका उम्मेदबार उमेश गुप्ता, शिवजी गुप्ता, बिश्वनाथ यादब, सुनिल पाल, गजेन्द्र पटेल लगायतले बोलेका थिए ।

त्यसैगरी एमाले निकट अखिल नेपाल महिला संघ जितपुर सिमरा उपमहानगरपालिकाको भेला आज बाराको सिमरामा सम्पन्न भएको छ । भेला एमाले केन्द्रिय कमिटी बैकल्पिक सदस्य दिनेस राईको प्रमुख आतिथ्यतामा सम्पन्न थियो ।

अनेमसंघ जिल्ला कमिटी कोषाध्यक्ष सरीता रार्इृकोे सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले बाराका अध्यक्ष सुन्दर बिक, प्रदेश ममिटी सदस्य भरत खडका, जिल्ला सचिब महमद समिउल्लाह, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, सहकारी बिभाग प्रमुख कृष्ण पौडेल, सचिवालय सदस्य कमलेस झा, बिद्या थापा, नगर संयोजक कृष्ण खनाल, जिल्ला सदस्यहरु लक्ष्मी नेपाली, कोपिला सिम्खडा, जवाहिर अंसारी, रमा गुरुङ्ग लगायतले बोलेका थिए । भेलाले बिद्या थापाको संयाजकत्वमा १०१ सदस्यीय प्रचार प्रसार कमिटी गठन गरेको छ ।

आजै नेकपा एमाले आर्दस कोतवाल गाउंपालिकाको भेला गाउंपालिका संगठन कमिटी संयोजक महेन्द्र जैसवालको सभापतित्वमा र केन्द्रिय कमिटी बैकल्पि सदस्य दिनेश राईको प्रमुख आतिथ्यतामा च्युटाहामा सम्पन्न भएको छ । भेलामा केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, जिल्ला कमिटी अध्यक्ष सुन्दर बिक लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा कांग्रेस र माओबादी केन्द्र परीत्याग गरी समसुल अंसारी, अब्दुल अंसारी, समिर अंसारी, मगनी राम, लखिन्दर रामसहित नौ दर्जन कार्यकर्ता एमालेमा प्रबेश गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताए ।