अंग्रेजी बर्षको 8 औं महिना पारी, Samsung Galaxy S8 र Galaxy S8+ मोबाइलको खरिदमा ग्राहकहरुले पाउनेछन अतिरिक्त ८ प्रमुख सुविधाहरु
काठमाडौं, २४ साउन । सामसङ मोबाइलले हालै आफ्ना दुई मोडलहरु Samsung Galaxy S8 र Galaxy S8+ मोबाइलको खरिदमा नयाँ योजना प्रस्तुत गरेको छ । अंग्रेजी बर्षको आठौं महिना अर्थात् अगष्ट महिनामा S8 र S8+ का ग्राहकहरुले पाउनुहुने छ अतिरिक्त ८ प्रमुख सुविधाहरु । सामसङले प्रस्तुत गरेको उत्कृष्ट योजना एवम् सेवाले नेपाली ग्राहकहरुप्रतिको प्रतिबद्धतालाई पुनः स्थापित गरेको छ ।
प्रस्तुत गरिएको “Unbox 8 Benefits” योजना अन्तर्गत यी दुई मोडलका मोबाइल खरिदमा ग्राहकले ८ प्रमुख सुविधाहरु पाउनुहुनेछ । थप गरिएको मोबाइल सेटको कलर S8+ मा अर्किड ग्रे तथा S8 मा कोरल ब्लु, रु ७००० क्यास ब्याक, ब्रेकेज इन्सुरेन्स, ८ महिनासम्मको लागि एनसेल डाटा प्याक, ५० % छुटमा वायरलेस चार्जर, 4G योजना, स्मार्ट एकेडेमी तथा सर्भिस सेन्टरमा भि आइ पि सुविधा रहेका छन् ।
स्मार्टफोन खरिदमा ग्राहकलाई उपलब्धहुने ८ प्रमुख सुविधाहरुः
– थप गरिएको दुई कलर– Galaxy S8 तथा Galaxy S8+ को विद्यमान कलरका साथै अतिरिक्त दुई कलर पनि थप गरिएको छ । अब क्डं प्लस मिडनाईट ब्ल्याक, म्यापल गोल्ड र कोरल ब्लु का अतिरिक्त अर्किड ग्रे तथा क्ड मिडनाईट ब्ल्याक र म्यापल गोल्डका अतिरिक्त कोरल ब्लु कलरमा पनि उपलब्ध रहेका छन् ।
– क्यास ब्याक योजना अवधिभर दुबै मोडलहरुको खरिदमा रु ७००० छुट गरिएको छ । छुट पछि S8 को मूल्य रु ८१९०० तथा S8+ को मूल्य रु ९१९०० हुने छ ।
– ब्रेकेज इन्सुरेन्स- शिखर इन्सुरेन्ससँगको सहकार्यमा ६ महिनासम्मको ब्रेकेज इन्सुरेन्स सुविधा उपलब्ध रहेको छ । फिजिकल ड्यामेज तथा ब्रेकेजलाई इन्सुरेन्सले कभर गर्नेछ । सक्कल बिल सहित आवश्यक कागजात (६ महिना भित्रको बिल), फोटो सहितको आइडि कार्डको साथ सामसङ सर्भिस सेन्टरमा गई दाबी गर्नु पर्ने छ ।
– एनसेल डाटा– S8 तथा S8+ का ग्राहकलाई एनसेलसँगको सहकार्यमा ८ जिबि डाटा ८ मिहनासम्मको लागि (मासिक १ जिबी) प्रदान गरिनेछ ।
– वायरलेस चार्जरको खरिदमा ५० प्रतिशत छुट– S8 का ग्राहकहरुले ५० प्रतिशत छुटमा रु ५८०० को वायरलेस चार्जर प्राप्त गर्नुहुनेछ । खरिदको लागि नजिकैको सामसङ ब्राण्ड स्टोरमा मान्य मिति सहितको खरिद बिल पेस गर्नु पर्नेछ । यो योजना स्टकरहुन्जेलसम्म वा अगस्ट महिनाको अन्तिम (जुन अगाडि सकिन्छ) त्यही सम्म लागू हुने छ ।
– 4G SMS क्याम्पेन – सामसङले आफ्नो “SMS & Win” क्याम्पेनलाई निरन्तरता दिंदै S8 तथा S8+ मा पनि समावेश गरेको छ । यहाँ ग्राहकले तत्काल रिचार्ज (रु १००० वा रु १००) वा S8 तथा S8+ को खरिदमा १००% वा ५०% छुट पाउनुहुने छ ।
– स्मार्ट एकेडेमी– ग्यालेक्सी S8 तथा ग्यालेक्सी S8+ मा धेरैभन्दा धेरै उपयोगी फिचरहरु छन् । स्मार्ट एकेडेमीको प्रमुख उद्देश्य भनेकै S8 तथा S8+ मा भएका फिचरहरुको विस्तृत जानकारी प्रयोगकर्ताहरुलाई दिनु हो । यस एकेडेमीमा प्रयोगकर्ताहरुले साधारणदेखि विस्तृत फोटोग्राफि सम्बन्धी कोर्स लिनसक्नुहुने छ । ग्राहकहरुले www.smartacademynepal.com मा गई कुन समय र मितिमा कक्षा सञ्चालन हुँदै छन् भन्नेबारे पनि जानकारी लिन सक्नुहुने छ भने त्यहाँ उपलब्ध भएको फारम भरी आफ्नो सिट सुरक्षित गर्न सक्नुहुने छ ।
– सर्भिस सेन्टरमा विशेष पहुँच– सुन्धारा र कमलादी स्थित २ सर्भिस स्टेशनहरुमा विशेष पहुँचको सुविधा प्रदान गरिने छ । जस अन्तर्गत कुनै लाइनमा नै नबसी सहज रुपमा V I P सुविधा प्राप्त गर्न सक्नुहुने छ ।















प्रतिक्रिया