२ कार्तिक २०८३, सोमबार

नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छन् ।

वरिष्ठ नेता पुशपति सम्शेर जबराले पार्टी परित्याग गरी नयाँ दल खोलेको दुई दिनपछि मंगलबार केन्द्रीय सदस्य रहेकी रेखाले पार्टी परित्याग गरेकी हुन् । अब राणा समूहले खोलेको पार्टी राप्रपा (प्रजातान्त्रिक)मा आबद्ध भएकी छन् ।

राणा समूह प्रवेशबारे प्रतिक्रिया दिँदै रेखाले आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेको बताइन् ।

यसअघि माओवादी परित्याग गरी रेखा कमल थापा नेतृत्वको राप्रपामा गएकी थिइन् । उनलाई गायिका कोमल वलीले राप्रपा प्रवेश गराएकी थिइन् ।

पार्टी फुटपछि रेखा राणा समूहतिर लागेपछि कोमल वली अहिलेसम्म थापा समूहमै छिन् ।