१ कार्तिक २०८३, आइतबार

क्लासिक टेकले ल्यायो अत्याधिक सस्तो ईन्टरनेट

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ क्लासिक टेक प्रा.लि.ले बिगत ८ वर्षदेखि ७२ जिल्लामा विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

छोटो समयमा ग्राहकहरुको मन जित्न सफल यस कम्पनीले सेवा ग्राही र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्च गतिको १०० एमबिपिएस अनलिमिटेड ईन्टरनेट सुपथ मूल्यमा ल्याएको जनाएको छ ।

यसका साथै ६ एमबिपिएस अनलिमिटेड ईन्टरनेट मात्र रु १०९९ प्रतिमहिनाको दरमार १५ एमबिपिएस अनलिमिटेड ईन्टरनेटरु १२९९ प्रतिमहिनाको दरमा ल्याएको कम्पनीले जनाएको छ । अफर अवधिभर जडान र फाईवर डिभाईस निःशुल्क हुनेछ ।