२ कार्तिक २०८३, सोमबार

अमेरिकी नागरिक प्रा.डा.लावतीले पाँचथरमा गरे गर्नै नहुने हर्कत !

25k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, २४ साउन । विद्यार्थीलाई पढाउने प्राध्यापकले घरको ढोकाको ताला फोड्यो भन्दा अपत्यारीलो लाग्न सक्दछ । तर, पाँचथर जिल्लाको गडीमा यस्तै अचम्मको एक घटना भएको छ ।

गत साताको कुरा हो, रातिको १० बजे ढोका फोड्ने आवाजले छिमेकीहरू झसंग भए, निद्राबाट ब्युझिए । त्यस बेला गडीस्थित घरको ढोका फोड्ने अरु कोही नभएर अमेरिकी विश्वविद्यालयमा प्राध्यापन गर्ने डा महेन्द्र लावती थिए । प्रहरी स्रोतका अनुसार घटनास्थलमा ढोकाको ताला फोडिएको देखिएको थियो ।

छिमेकीहरू पनि अनौठो परिदृश्य देखेर तीनछक परे । किनभने स्थानीयले बताएअनुसार, उक्त घर महेन्द्रकी कान्छी आमा तारा खालिङ लावतीले निर्माण गरेकी हुन् । उनको देहान्तभइसकेको छ । तर, बाचुञ्जेल उनी त्यहीँ बसोबास गर्थिन् ।

उनको सो चर्तिकला किन गरेका हुन् भनेर स्थानीयले खोजविन गरेका छन् । डा.लावतीले सम्पत्तिको लोभमा घरको ताला फोडेरभित्र प्रवेश गरेको आरोप छ ।

ग्रीनकार्ड लिएर अमेरिका स्थायीबसोबास गर्ने महेन्द्र कान्छी आमा बाजुञ्जेल गडी घरमा कहिले नआएको छिमेकीहरू बताउँछन् । स्वर्गीय तारा राप्रपाकी नेतृ थिइन् ।