२९ आश्विन २०८३, बिहिबार

एमालेले दियो क्रिकेट टोलीलाई बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-team-nepal

काठमाडौं, १३ कात्तिक । नेकपा एमालेले मलेसियामा सम्पन्न ‘आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन­–३ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोली प्रथम हुन सफल भएकामा नेपालको शिर विश्वमाझ उच्च भएको जनाएको छ ।

एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सफलता प्राप्तिका लािग कडा मिहिनेत र लगन प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक तथा खेलाडीलाई सिङ्गो पार्टीका तर्फबाट धन्यवाद तथा बधाई दिँदै सो जितसँगै सम्पूर्ण नेपाली जनतामा देशभक्ति र राष्ट्रिय एकताको भावनामा उच्च वृद्धि भएको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “क्रिकेट खेलले नेपालको परिचयलाई निरन्तर रुपमा अन्तरर्राष्ट्रिय समुदायमा परिचित बनाउँदै आएको छ, नेपालको प्रतिष्ठासँग जोडिइसकेको यस खेलको सर्वोपरि विकासका लागि एमाले सदैव आफ्नो सम्पूर्ण शक्ति उपयोग गर्न प्रतिबद्ध छ ।” एमालेले नेपाली क्रिकेट खेल र खेलाडीलाई अधिकतम महत्व दिन र सहयोग गर्न सरकारसँग अनुरोध गरेको छ ।