काठमाडौं । छैटौँ म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न हुँदै गर्दा गायिका जुना प्रसाईं र गायक रामकृष्ण ढकाल उत्कृष्ट गायक गायिका बन्न सफल भए ।
जुनाले नजरमा तिम्रो गीतबाट अवार्ड चुम्न सफल भएकी हुन् भने रामकृष्णले म लडेको मात्र गीतबाट अवार्ड चुमेका हुन् भने डाँडैमा विजुली बोलको लोकदोहोरीले नवगायिका कल्पना सुनुवार, निर्देशक प्रकाश भट्ट र पपुलर अवार्ड शंकर बिसीले चुम्दै ह्याट्रिक गर्न सफल भयो ।
समारोहमा लोक, पप, आधुनिक, चलचित्र, संगीत, म्युजिक भिडियो अभिनय, नवप्रतिभालगायतका विभिन्न ३४ विधामा अवार्ड प्रदान गरिएको थियो ।
म्युजिक खबर डटकमको आयोजनामा हुँदै आएको अवार्ड समारोहमा वरिष्ठ गीतकार रत्नशमशेर थापालाई २५ हजार पाँच सय ५५ नगद राशिसहित म्युजिक खबर दीर्घसाधना सम्मान प्रदान गरियो ।
कार्यक्रममा म्युजिक खबर दशक श्रष्टा सम्मान गायक शिशिर योगी र गायिका सत्यकला राईलाई प्रदान गरियो । त्यसैगरी, बालप्रतिभा प्रोत्साहन सम्मान बालगायक बेगेन्द्र बुढाले प्राप्त गरे ।
म्युजिक खबर डायस्पोरा संगीत सम्मानबाट गायक बुद्धिमान घिसिङलाई सम्मानित गरियो । पाँच हजार पाँच सय ५५ नगद राशिको म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरियो । म्युजिक खबर युवा प्रतिभा पुरस्कारबाट पदमबहादुर रोकाया सम्मानित भए ।
राष्ट्रिय नाचघर, जमलमा आयोजित अवार्ड कार्यक्रममा गृहमन्त्री शर्माले गीत–संगीतमा निकै शक्ति रहेको धारणा राखे । उनले गीत–संगीत राजनीतिभन्दा माथि रहेको बताउँदै राष्ट्रभक्तिमा उत्साह जगाउने अभियानमा गीत–संगीतले ठूलो भूमिका खेल्ने दाबी गरे ।
देशको कला, संस्कृतिलाई उजागर गर्न कलाकारले गरिरहेको योगदान अतुलनीय रहेको उनले बताए । विभिन्न कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेर रौनक बढाएको कार्यक्रममा संगीतकर्मीको बाक्लो उपस्थिति थियो ।
विगतका वर्षमा झैँ आफूहरूले यसपालि पनि अवार्ड प्रदान कार्य भव्यताका साथ सम्पन्न गरेको अवार्ड आयोजक संस्थाका प्रमुख सुमन वैरागीको दाबी छ ।
अवार्ड चुमेका विधा
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत डा. नवि अधिकारी (बिरामी छ देश)
सर्वोत्कृष्ट पप गायिका आकाक्षा बस्याल (म पग्लन्छु)
सर्वोत्कृष्ट पप गायक अमिर देउला (मेरो भविष्य)
सर्वोत्कृष्ट पप संगीतकार राहुल प्रधान (कहाँ पुगें म)
सर्वोत्कृष्ट नवप्रतिभा पुरुष लोकदोहोरी रबिन लामिछाने (गोरखातिर जानु)
सर्वोत्कृष्ट नवप्रतिभा महिला लोकदोहोरी कल्पना सुनुवार (डाँडैमा बिजली आयो)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी गीता राई (निष्ठुरी मायालु)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी दुर्गेश थापा (तिमी फूल हौ काली)
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी प्रकाश भट्ट (डाँडैमा बिजली आयो)
सर्वोत्कृष्ट शब्द लोकदोहोरी कस्तुप पन्त (आँसु झारिरहेँ)
सर्वोत्कृष्ट भाका लोकदोहोरी वसन्त थापा (उही खोलीमा पानी)
सर्वोत्कृष्ट गायिका लोकदोहोरी पुर्णकला बिसी (तिमी फूल हौ काली)
सर्वोत्कृष्ट गायक लोकदोहोरी कृष्ण रेउले (आज गाउँमा)
सर्वोत्कृष्ट लोकगीतविरही कार्की, आमाको तस्विर हातैमा
सर्वोत्कृष्ट चलचित्र गीतकार लक्ष्मण सुवेदी (घिटिघिटि चलचित्र लालजोडी)
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका दुर्गा परियार (मेरो जिन्दगीमा चलचित्र ब्रासलेट)
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक कृष्ण काफ्ले (देखन चम्पा चलचित्र छक्का पन्जा)
सर्वोत्कृष्ट चलचित्र संगीतकार दिपक शर्मा (देखन चम्पा चलचित्र छक्का पन्जा)
सर्वोकृष्ट गजल रमेश विमान (अजम्वरी माया)
सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत मिरा कार्की, शिर शिर
सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत कमल श्रेष्ठ (लजालु रुप)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत खुश्बु खड्का (तिमी बोल)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत सनम कठायत, कर्मै खोटी
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत उत्सव दाहाल, तिम्रै पिरले
सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन सुगम संगीत टेकेन्द्र शाह, हजार चोट
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत नारायण ढकाल, हजार चोट
सर्वोत्कृष्ट ध्वनि मुद्रण सुगम संगीत भोला पौडेल, मायालु तिम्रो रोजाइमा
सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत सुदीप सागर, मायालु तिम्रो रोजाईमा
सर्वोत्कृष्ट युगल गायन सुगम संगीत भिषण मुकारुङ र सुनिता थेगिम, धेरै पछि
सर्वोत्कृष्ट गीतकार सुगम संगीत डा.कृष्णहरि बराल, नदेख्नु पथ्र्यो
सर्वोत्कृष्ट गायिका सुगम संगीत जुना प्रसाईं, नजरमा तिम्रो
सर्वोत्कृष्ट गायक सुगम संगीत रामकृष्ण ढकाल, म लडेको मात्र
सर्वोत्कृष्ट संगीतकार सुगम संगीत सुनिल मास्के, काँडा छोए फूल हुन्छ
सर्वोत्कृष्ट एल्बम सुगम संगीत आवरण, रामकृष्ण ढकाल (विन्ध्यवासिनी म्यूजिक)
जुरी अवार्ड रामभक्त जोजिजू, हारमा पनि
पपुलर अवार्ड शंकर बिसी, डाँडैमा विजुली
इन्करेजमेन्ट अवार्ड त्रिलोक राना, काँडा छोए फूल
पब्लिक च्वाइस अवार्ड उदेश श्रेष्ठ, ती नजर
म्यूजिक खबर दीर्घ साधना सम्मान रत्नशमशेर थापा, वरिष्ठ गीतकार
म्यूजिक खबर दशकको स्रष्टा सम्मान शिशिर योगी र सत्यकला राई
म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मा नबेगेन्द्र बुढा, बालगायक
म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान बुद्धिमान घिसिङ, गायक
म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार डा.नवराज लम्साल, पत्रकार
















प्रतिक्रिया