काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपाको मूलधार आफूहरू भएको दाबी गर्नुभएको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर राणाले कमल थापाले स्वच्छाचारी ढंगले पार्टी चलाएकाले नयाँ पार्टी गठन गर्नु परेको बताउनुभयो । ‘एकीकरण हुँदा कुनै एउटा पार्टी अर्कोमा विलय भएको होइन’, उहाँले भन्नुभयो ।
उहाँले पार्टी एकतावद्ध ढंगबाट अगाडि बढोस् भनेर आफूले सहज रुपले नेतृत्व हस्तान्तरण गरेको भए पनि कमल थापाको स्वयच्छाचारी कार्यले नेता तथा कार्यकर्तालाई अन्याय भएको बताउनुभयो ।
‘सहज नेतृत्व हस्तान्तरणलाई कमजोरीका रुपमा लिएर पार्टीलाई विजय भएको जस्तै गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गर्ने धृष्टता गरियो’, अध्यक्ष राणाले भन्नुभयो ।
पार्टी सञ्चालन एकीकृत पार्टीका नेता कार्यकर्ताको भावना अनुसार नभएको कमल थापामाथि पहिलो आरोप छ । त्यही कारण स्थानीय चुनवमा अनपेक्षित हार व्यहार्नु परेको भन्दै राणाले भन्नुभएको छ, ‘वर्तमान पार्टी नेतृत्वले जनताको विश्वास गुमाइसकेको छ ।’











प्रतिक्रिया