१० मंसिर २०८३, बिहिबार

भरतपुरमा अलग्गै सपथ लिएका एमालेबाट निर्वाचित पदाधिकारीले गरे रेणुभन्दा फरक निर्णय

46.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु

काठमाडौं, २३ साउन । भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन् ।

हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन् । वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेणु दाहालसँग शपथग्रहण गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का निर्वाचित दुईजना वडा अध्यक्षले विपक्षीले अदालतमा हालेको मुद्दाको किनारा नलागेकाले शपथग्रहण गर्न पाएनन् । उनीहरु दुबैजना एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

यस्ता छन् रेणु दाहालभन्दा फरक निर्णय

कांग्रेस माओवादी गठबन्धनबाट निर्वाचित मेयर रेणु दाहालले भरतपुरलाई एसियाकै उत्कृष्ट महानगर बनाउने बताइरहेका बेला एमालेबाट निर्वाचित ११ नम्बर वडाका वडाध्यक्षले पदभार ग्रहण गर्दै जनतालाई छुने वास्तविक निर्णय गराएका छन् ।

प्रधानमन्त्री हुँदा पिता (प्रचण्ड)ले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भनेजस्तै रेणुले महानगरलाई एसियाकै उत्कृष्ट बनाउँछु भनेका बेला एमालेबाट निर्वाचन ११ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले तीन वटा निर्णय गरेका छन् ।

११ नम्बरलाई वातावरणमैत्री वडा घोषणा गर्ने, हेल्थ क्लब सञ्चालन गरिने (जिम हल, एरोबिक) र सुकुम्बासीहरुलाई जग्गा हस्तान्तरण गर्न पहल गर्ने निर्णय अधिकारीले गरेका हुन् ।