२ कार्तिक २०८३, सोमबार

कमल थापाले ‘एक्सन’ लिए, छ सांसदसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको पद ‘चट्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनमा सक्रिय रहेको भन्दै छ जना सांसद र १६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरेको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा बसेको राप्रपाको आकस्मिक बैठकले छ जना सांसदहरूलाई साधारण सदस्य समेत नरहे गरी कारबाही पार्टीबाट निष्काशन गरेको हो । निष्काशनमा पर्ने सांसदहरूमा दीपक बोहरा, सुनीलबहादुर थापा, रेशमबहादुर लामा, बिराजबहादुर बिष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बबिना मोक्तान लावती रहेका छन् ।

त्यसैगरी, साधारण सदस्य समेत नरहने गरी कारबाहीमा पर्नेहरूमा केन्द्रीय सदस्यहरू प्रवीण चाम्लिङ, बिन्दा गिरी, हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, बिष्णुविक्रम थापा, गिरिधार परियार, दीपककुमार राई, विन्दु पहाडी, किरण गिरी, प्रदीप उदय रहेका छन् ।

राप्रपाले पशुपति शम्शेरको पक्षमा लागेर गएका बाँकी केन्द्रीय सदस्य र सांसदहरूलाई गल्ती सुधार गरेर पार्टीमा फिर्ता हुन आग्रह गरेको छ ।