काठमाडौं, २३ साउन । दक्षिण एशियामा स्थानीय सरकार र राजनीतिमा महिला सहभागिता लैगिक समता एवं न्यायको लागि महिला अधिकार सरक्षण तथा प्रबद्र्धन विषयक दुइ दिने दक्षिण एशियाली महिला सम्मेलन राजधानीमा प्रारंभ भएको छ ।
दक्षिण एशियाली मुलुकका सांसद, नागरिक समाजका अगुवा तथा महिलाअधिकारकर्मीहरु गरी करिब ७० जनाकोउपस्थिति रहेको सो सम्मेलनको उद्घाटन एमालेका अध्यक्ष के.पी. ओलीले महिला समानता र निर्णायक तहमा महिलाको सहभागिताको हिसाबले दक्षिण एशियामै नेपाल अगाडि रहेको तर पर्याप्त भने नभएको स्पष्ट पार्नुभएको छ ।
उहाँले महिलाको सशक्तीकरणका लागि ल्याइने धेरै कार्यक्रम सतही रहेका र सशक्तीकरणका लागि हाम्रो समाज र व्यक्तिका सोचमा परिवर्तन ल्याउनु पर्ने आबश्यकता माथि जोड दिनुभएको छ ।
महिलाअधिकारको संरक्षण र प्रबर्द्धनका सन्दर्भमा नेपालको उपलब्धि दक्षिण एशियामै अब्बल रहेको तर यतिले मात्र महिला अधिकारको लक्ष्य प्राप्ति नहुने भन्दै एमाले गरीब, दलित र महिलाको पक्षमा बताउनुभएको छ ।
दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता तथा महिला अधिकारको संरक्षण एवं प्रवर्द्धन तथा सुशासन र राज्यका सबै संयन्त्रमा महिलाको सक्रिय संलग्नताको सुनिश्चितताका लागि क्षेत्रीय स्तरमा रणनीतिक योजना तय गर्न सहयोग पुगाउने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको कार्यक्रम संयोजक शर्मिला कार्कीले बताउनुभएको छ
कार्यक्रममा प्रमुख वक्ताका रुपमा आसामको गौहाटी विश्वविद्यालयकी प्राध्यापक जोआना मजब्बिन एवं बंगलादेश, इण्डिया, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका बरिष्ठ महिला अधिकारर्मी, सांसद, नागरिक समाजका अगुवा लगायतले दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता सन्दर्भमा आफ्नो राष्ट्रको अवस्था र भाबी योजनाबारे बताउने छन ।
अखिल नेपालमहिला संघकी अध्यक्ष गोमा देवकोटाको अध्यक्षतानमा भएको कार्यक्रममा नागरिक समाजका अगुवा गौरी प्रधाान, दक्षिण एशियाली गरिबी निबारण मञ्चका सयोजक डा नेत्र तिमिल्सिना, नेकपा एमालेकी सांसद सुशीला नेपाल, मीरा ध्वजु, सुजिता शाक्य, सीता पौडेल, शान्ति अधिकारी, बलराम बास्कोटा, सामाजिक न्याय र समानताको आन्दोलनमा सचारको तर्फबाट बिशेष भूमिका खेल्नुभएका बरिष्ठ पत्रकार टंक पन्त एवं काठमाडौ उपत्यकाबाट निर्बाचित महिला जनप्रतिनिधिहरुले आआपनो धारणा राख्नुभएको थियो । कार्यक्रममा राजनीतिमा महिला नामक पुस्तक पनि सो अबसरमा लोकार्पण गरिएको थियो ।












प्रतिक्रिया