२१ कार्तिक २०८३, शनिबार

खाल्डो बनाउनेलाई कारबार गर : सांसद शाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । संघीय समाजवादी फोरम नेपालले रौतह जिल्लामा सडक बनाउँदा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालबालिकाको मृत्यु भएको विरोध गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको छ ।

संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्द संघीय फोरमका सांसद अभिशेष प्रताप शाहले बाटो खन्न बनाइएको खाल्डो नपुर्नेहरूलाई हदैसम्मको कारबाही माग गर्नुभयो ।

‘रौतहटमा बाटो बनाउन माटो खनिएको र त्यसबाट बनेको पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ’, उहाँले भन्नुभयो, ‘चरम लापरबाहीबाट भएको खोल्डो र नबालक बालबालिकाको ज्यान गएको घटनाले सबैलाई मर्माहत बनाएको छ ।’

सांसद शाहले दोषी उपर हदैसम्मको कारबाही गरेर पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ ।

तराईका २२ जिल्लाहरूमा बाटो बनाउन जेसीभीको प्रयोग गर्ने र खोल्डोलाई नपुर्ने परम्परा मौलाउँदै गएको भन्दै सांसद शाहले त्यस्तो बिकृति रोक्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।