२ कार्तिक २०८३, सोमबार

कीर्तिपुर क्याम्पसभित्रै युवती बलात्कार गर्ने दुई जना २७ वर्षपछि पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीहरु काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४६ वर्षीय रामेश्वर नगरकोटीलाई शुक्रबार र सोही ठाउँ बस्ने ४६ वर्षीय अनिल थापालाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

रामेश्वर नगरकोटी समेत ३ जनाले २०४७ असार १५ गते राति इन्द्रचोक मखन, काठमाडौंबाट एकजना युवतीलाई बा.अ.च. ९८०६ नम्बरको गाडीमा चढाई किर्तिपुर क्याम्पसको हलभित्र पु¥याई जबरजस्ती करणी गर्दा युवती रोईकराई गरेको आवाज सुनी गस्तीमा रहेको प्रहरी टोली त्यस स्थानमा पुग्दा उनीहरु उक्त सवारी साधनबाट भागेका थिए ।

नगरकोटी र थापालाई जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम जनही १ बर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो ।

फैसला कार्यान्वयनको लागि दुबैजनालाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौमा पठाईएको छ ।