२ कार्तिक २०८३, सोमबार

बसमा युवतीमाथि यौन दुर्ब्यवहार गर्ने त्रिपुरेश्वरबाट पक्राउ, शादा पोशाकमा खटियो प्रहरी

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बसमा यात्रा गरिरहेको अवस्थामा काठमाडौं तिनकुने बस्ने १८ वर्षीया युवतीलाई यौन दुर्व्यबहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

थानकोटबाट रत्नपार्कतर्फ आउँदै गरेको बा.३ ख ३३५९ नम्बरको बसमा सवार ती युवतीलाई यौन दुव्र्यबहार गर्दै गरेको अवस्थामा सवारी साधनमा हुने यौन दुराचारका घटना अनुगमनका लागि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट सादा पोशाकमा खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरबाट जोशीलाई तत्काल पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।