
काठमाडौँ, २१ साउन । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहालको जित नै आफूहरुको चाहना भएको बताएका छन् ।
भरतपुरको चुनावी परिणाम अन्तिम अबस्थामा पुगेको बेला सामाजिक सञ्जालमा ट्वीटरमा आफ्नो प्रतिक्रिया लेख्दै काँग्रेस नेता निधिले रेणुको जित नै आफूहरुको चाहना रहेको बताएका हुन् । उनले लेखेका छन् – ‘भरतपुरमा रेणु दहाल जितुन्। हाम्रो चाहना यही नै हो। पछि अरु राजनीतिक विश्लेषण गर्दै गरौंला।’

भरतपुरमा अपवित्र गठबन्धन गरेको भन्दै काँग्रेस नेतृत्वमाथि आलोचना भइरहेका बेला निधिले ‘राजनीतिक विश्लेषण गर्दै गरौँला’ भनेका छन् ।















प्रतिक्रिया