बुटवल, २१ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालीका वार्ड नं. ५ मणिग्राम स्थित सिरिसा मार्वलमा हिजो शुक्रबार अज्ञात समूहले दिनदहाडै गोली प्रहार गरेको घटनाप्रति रुपन्देही ब्यापार संघले घटनाको निन्दा गरेको छ ।
संघका कार्यबाहक अध्यक्ष यमलाल लोहनीद्वारा आज जारी विज्ञप्तीमा उक्त ब्यापारिक प्रतिष्ठानका संचालक दुर्गा भण्डारीलाई आक्रमण गर्न आएको सो समूहले भण्डारीलाई नभेटेपछि पसलबाहिर मार्वलमा गोलिप्रहार गरि फरार भएका थिए ।
बिज्ञप्तीमा व्यवसायीलाई तर्साउने गरी भएको उक्त घटना खेदजनक भएको र अभियुक्तलाई तत्काल पक्राउ गरी कारवाही गर्न र व्यवसायीलाई निर्वाध तथा सुरुक्षित रुपमा आफ्नो ब्यापार ब्यवसाय संचालन गर्नपाउने वातावरणको प्रत्याभुतिका लागि सुरक्षाको वातावरण प्रदान गर्न स्थानिय प्रहरी प्रशासन संग माग गरिएको छ ।
बिज्ञप्तीमा आक्रमणको घटनाको सहि ढंगल अनुसन्धान गरि दोषिलाई यथासिंघ्र कानुनको कठघरामा ल्याएर कानुन बमोजिम कारवाही गर्न सम्वन्धित निकायसंग माग गरिएको छ ।












प्रतिक्रिया