१० मंसिर २०८३, बिहिबार

सिरहाको औरहीमा एक युवकको हत्या

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, २१ साउन । सिरहाको दक्षिणबर्ती औरही गाउँपालिका ३ खजनपुरस्थित धान खेतमा एक यूवकको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ ।

आज विहान स्थानीय अन्दाजी २८ बर्षिय रामदेव यादबको शव धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक बिरेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार शव घोप्टो पारेको अवस्थामा छ । धान खेतमा शव रहेकोले शरिरमा हिलो लागेको छ, निलाडाम पनि देखिएको छैन् ।

घटना स्थलमा अहिले प्रहरी पुगेको छ । घटना मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि सिरहा अस्पताल लगिने प्रहरीले जनाएको छ । घटना कसरी र कसले घटाएको विषयमा केहि खुल्न नसकेको र अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक ठाकुरले बताए ।

केहिदिन यता सिरहामा हत्याका घटना बढेको छ । दुई महिनाभित्रै करिब दर्जन बढी महिला तथा पुरुषको हत्या भइसकेको प्रहरीको तथ्यांक छ । अधिकांश हत्याका घटनामा संलग्न अपराधी भने पक्राउ परेका छैन् । अपराध बढेपछि सिरहाका जनता दुःख व्यक्त गरेका छन् ।