२ कार्तिक २०८३, सोमबार

भरतपुरमा देवी ज्ञवालीको हार पक्का, प्रचण्ड-देउवाको सपना पूरा (अपडेट)

42.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २१ साउन । भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेको हार पक्का भएको छ ।

भरतपुर १९ र २० को मतगण्नामा एमालेले अपेक्षित मत पाउन नसकेको हो । अहिले भरतपुर २० को मतगणना भइरहेको छ ।

तर, १७ सय मत गन्न बाँकी रहँदा नै एमालेका देवी ज्ञवाली माओवादी काँग्रेस गठबन्धनकी रेणु दाहाल ४ मतले अगाडि छन् । १६ सय मत गणना भइसकेको छ । ज्ञवालीले अब अग्रता लिने सम्भावना छैन् ।

पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लागेको हो ।

वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएन् । जसरी पनि जित्ने काँग्रेस र माओवादी गठबन्धनको शिकार देवी भएको यो निर्वाचनले देखाएको छ ।

भरतपुरको निर्वाचन सत्ता साझेदारीसँगै जोडिएको थियो । आफ्ना उम्मेदवारलाई ब्याक गरेर प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डकी पुत्री समेत रहेकी रेणुलाई मेयरमा समर्थन गरेका थिए । उपमेयरमा त काँग्रेसकी पार्वती शाह यसअघिदेखि नै भारी मत अन्तरले अगाडि छिन् । २९ वडा रहेको भरतपुरमा एमालेले १४, काँग्रेसले १२ र माओवादीले ३ वटा वडा जित्ने भएको छ ।