२१ कार्तिक २०८३, शनिबार

मदिरा सेवन गरेर श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २१ साउन । पूर्वखोला गाउँपालिका–५ जोगीढुंगाका रनवीर दमाईंलाई कोदालाको पासोले हानेर श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।

दमाईंले ४० वर्षीया श्रीमती सुकमाया परियारलाई हानेर हत्या गरेको आरोप जिप्रका पाल्पाले लगाएको छ ।

रक्सीले मातेका दमाईंले सामान्य घरायसी झगडामा शुक्रबार राति करिब १० बजे सो वारदात गरेको जिप्रका पाल्पाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिनुभयो ।

दमार्इंले सधैँ रक्सी सेवन गरेर श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आइरहेको स्थानीयवासीले बताएका छन् ।

अभियुक्त दमार्इंलाई अहिले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । रासस