४ कार्तिक २०८३, बुधबार

महानगरमा सन्ध्याकालीन बस सेवा शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २१ साउन । पोखरा बस व्यवसायी समितिले शुक्रबार साँझदेखि पोखरा–लेखनाथ महानगरपालिकामा सन्ध्याकालीन बस सेवा शुरु गरेको छ ।

रातिसम्म महानगरवासीलाई सेवा दिने उद्देश्यले सन्ध्याकालीन बस सेवा शुरु गरिएको समितिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिनुभयो । समितिले हाललाई दुई बाटाबाट सेवा शुरु गरेको हो ।

पहिलोमा हल्लनचोक–बाराहीचोक–राष्ट्र बैंकचोक–बिरौटा–एयरपोर्ट–लखनचोक–भीमसेनचोक–नदीपुर हुँदै बगरसम्म तथा दोस्रो बाटामा जिरो किलोमिटर–सिर्जनाचोक–सभागृहचोक–चिप्लेढुंगा– हस्पिटल–माटेपानी हुँदै काहुँखोला जाने बाटो तय भएको छ ।

सेवाग्राहीको माग बढ्दै गएमा थप बाटो पनि थप्दै जाने बताइएको छ । अहिले साँझसम्म मात्रै बस चल्दै आएकामा समय बढाएर राति ९ बजेसम्म सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

सन्ध्याकालीन सेवाका लागि समितिले हाल आठ बस सञ्चालनमा ल्याएको छ । महानगरका ३३ वटै वडामा समितिले अहिले ३७८ वटा सुविधासम्पन्न नगर बस सञ्चालन गर्दै आएको छ । रासस