२ कार्तिक २०८३, सोमबार

भरतपुरको पछिल्लो मतपरिणाम आयो, रेणु अगाडि !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २१ साउन । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेणु दाहालले २ सय ५ मत पाएकी छिन् ।

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ४५ मत पाएका छन् । मतगणना राति करिव साढे दशबजेदेखि सुरु भएको हो । योसँगै रेणुले देवीसँगको मतअन्तरलाई घटाउँदै लगेकी छिन् ।

एमालेका मेयर पदका उम्मेदवार ज्ञवालीले ४११२५ मत र माओवादी केन्द्र–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको मत ४०४०० मत पाएकी छिन् । वडा नं. १९ मा प्रारम्भीक मतगणनाअनुसार रेणुले अग्रता कायम गरेकी हुन् ।