१० मंसिर २०८३, बिहिबार

संशोधन विधेयक प्रक्रियामा लैजान राजपालाई पदाधिकारीहरूको दवाव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालमा पदाधिकारीहरूले संविधान संशोधनको विधेयकलाई पास भए पनि फेल भए पनि प्रक्रियामा अगाडि बढाउनु पर्ने धारणा राखेका छन् ।

उनीहरूले विधेयकलाई प्रक्रियामा लगेपछि त्यसको परिणाम जे आएपनि स्वीकार गर्नुपर्ने सुझाव दिएका हुन् ।

काठमाडौंमा शुक्रबार बसेको राजपा पदाधिकारीहरूको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले संविधान संशोधन विधेयकलाई सदनमा अगाडि बढाउन सरकारलाई आग्रह गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका हुन् ।

स्रोतका अनुसार संविधान संशोधनका बहानामा निर्वाचन बहिष्कार गरिरहँदा कार्यकर्तालाई पार्टीमा जोगाइ राख्न समस्या परेको धारणा बैठकमा राखेका थिए ।

केही पदाधिकारीले संविधान संशोधनको विधेयकलाई पारित नगर्दासम्म चुनावमा जान नहुने धारणा राखेको एक पदाधिकारीले बताए ।

महासचिव मनीषकुमार सुमनले आजको बैठकमा संविधान संशोधन पारित नहुँदासम्म कुनै पनि हालतमा चुनावमा जान नहुने धारणा राख्नु भएको थियो ।

महासचिव केशव झाका अनुसार सकेसम्म पदाधिकारी बैठक आजै सम्पन्न गर्ने पक्षमा अध्यक्षमण्डल रहेका छन् । पदाधिकारीले धारणा राखेर सकेपछि अध्यक्षमण्डलका अध्यक्षहरूले जवाफ दिने तयारी भएको छ ।

तेस्रो दिनको पदाधिकारी बैठकमा असन्तुष्ट पक्ष भने अनुपस्थित रहेको स्रोतले जनाएको छ ।