तुलसीपुर, २० साउन । व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या तुलसीपुर निवासी नरेन्द्र मोदीको योजनामा भएको खुलेको छ । राजकुमारलाई गत जेठ २६ गते अपराधिक समूहले युवती प्रयोग गरेर अपहरण पश्चात हत्या गरेको थियो ।
राजकुमारलाई अपहरणगरी फिरौती अुसल्ने योजना बनाउन मोदी पनि संलग्न भएको प्रहरी अधिकारीहरु बताउँछन् । मोदी तुलसीपुर उपमहानगरपालिका १६ का स्थायी बासिन्दा हुन् । उनको खास नाम नरेन्द्र विक हो । उनी ‘मोदी’ नामले परिचित छन् । उच्च प्रहरी स्रोतका अनुसार राजकुमारको अपरहणमा उनी पनि मुख्य डिजाइनर हुन् । राजकुमारसँगै उनीहरुले घोराहीका व्यवसायी रणबहादुर घर्तीलाई पनि अपहरणगरी हत्या गरेका थिए ।
स्रोतका अनुसार मोदी रणबहादुरसँग पहिले सँगै जेल बसेका थिए । राजकुमारको गाडी भनेर अपहरणकारीले रणबहादुरको गाडी रोक्दा रणबहादुरले नरेन्द्रलाई चिनेका थिए । नरेन्द्रलाई चिनेकै कारण उनको अपरहण भएको थियो ।
रणबहादुरलाई छाडेमा आफू फस्ने खतरा भएपछी मोदीले रणबहादुर सुतेको बेला ढुंगाले थितेर हत्या गरेका थिए । रणबहादुरको हत्या पश्चात फरार भएका उनलाई प्रहरीले पक्राऊ गर्न सकेको छैन् । उनलाई सल्यान प्रहरीले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको छ ।
















प्रतिक्रिया