२१ कार्तिक २०८३, शनिबार

राजपा नेपालको पदाधिकारी बैठक तेस्रो दिन पनि बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालको दुई दिनदेखि जारी केन्द्रीय पदाधिकारीहरूको बैठक आज पनि बस्ने भएको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजेपछि पदाधिकारी बैठक बस्ने महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

‘बैठकमा बोल्ने पदाधिकारीहरू बाँकी रहेकाले आज पनि अध्यक्षको राजनीतिक प्रतिवेदनमा टिप्पणी गर्नु हुनेछ’, उहाँले भन्नुभयो, ‘बैठकमा धेरै जसो पदाधिकारीले संविधान संशोधन नहुँदासम्म चुनावमा सहभागी हुन नहुने धारणा राख्नुभएको छ ।’

अर्का महासचिव केशव झाले बैठकले केन्द्रीय कार्यसमितिको एजेन्डा तयार पार्ने र त्यसका लागि पदाधिकारीहरूले धमाधम सुझावहरू दिएरहेको जानकारी दिनुभयो ।

‘पार्टी संगठन मजबुद बनाउने विषयमा पदाधिकारीहरूको सुझाव छ’, उहाँले भन्नुभयो, ‘पार्टीले उठाएका एजेण्ड नहुने दवाव पनि नेतृत्वलाई परेको छ ।’

पदाधिकारी बैठक शनिबारसम्म लम्बिन सक्ने नेताहरूको भनाइ छ । बैठकमा असन्तुष्ट पक्षका नेताहरू भने अनुपस्थित हुँदै आएका छन् ।