चितवन, २० साउन । पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा आज मतदान भइरहेको छ ।
वडा नं. १९ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान अपरान्ह ५ बजेसम्म चल्नेछ ।
माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि उत्पन्न भएको विवादमा सर्वोच्च अदालतले भरतपुरको वडा नं. १९ मा पुनः मतदान गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आज मतदान भएको हो ।
भरतपुर महानगरपालिकाको वडा नं. १९ मा ६ वटा मतदान केन्द्रमा मतदाताहरूले उत्साहपूर्वक मतदान गरिहेका छन् ।
मेयर पदमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल उम्मेदवार बनेका छन् ।












प्रतिक्रिया