– होमनाथ सापकोटा
चितवन १९ साउन । चितवनको पदमपुरका भूमिनन्द दुलालको हत्याका विषयमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रत्ननगरले पोलिग्राफ परीक्षण गरेको छ ।
हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका पाँच जनाबाट फरक फरक बयान आएपछि सत्यतथ्य पत्ता लगाउन प्रहरीले पोलिग्राफ प्रविधि अपनाएको हो ।
श्रीमति वेलकुमारी दुलाल, छोरा अन्जन दुलाल,माईली छोरी अन्जना दुलाल, कान्छी छोरी अफ्सना दुलाल र ज्वाई टेक बहादुर बुढाले भूमिनन्दको हत्या गरेको स्थानीयबासीले आरोप लगाएका छन ।
घटना साउन ४ गते अपराहन्न १२ बजे भएको हो । घट्ना भए लगतै प्रहरीले पाँचै जनालाई पक्राउ गरेर अनुन्धान सुरु गरेको छ । प्रहरीको हिरासतमा रहेका मृतक भूमिनन्दका २५ वर्षका छोरा अञ्जन दुलालले बुबाको हत्या आफुले मात्रै गरेको बयान दिएपछि सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ परीक्षण सुरु गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण रञ्जीतकारले जानकारी दिए । पोलिग्राफ परीक्षणबाट अरोपितले सत्य वोलेको र झुट बोलेको कुरा सजिलै थाहापाईने उनले बताए । घटनाका आरोपी र घटना सँग जोडिएका पात्रहरुसँग पोलिग्राफ मार्फत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पोलिग्राफ टेष्टका लागि मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव निरीक्षक बद्रि दाहाल यहाँ खटिएका छन । घटनाको थप अनुसन्धानको लागि घटना स्थालमा प्राप्त भएको रगत कपडा र गजबार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जीतकारले बताए ।
परिवारका पाँचै जनाको संलग्नताका भूमिनन्दको हत्या गरिएको प्रारम्भीक अनुसन्धानले देखाएको डिएसपी रञ्जीतकारले बताए । जग्गा र पैसा लेनदेनको विषयलाई लिएर परिवारका आफन्तले भूमिनन्दको हत्या भएको अनुसन्धानले देखाएको डिएसपी रञ्जीतकारले बताए । हामीले सबै प्रकारका अनुसन्धानका विधि अपनाएका छौं उनले भने एक दुई दिन मै घटनाका सत्य तत्य बाहिर आउने छ ।
यसैबीच इलाका प्रहरी कार्यालय रत्ननगरले पदमपुरका भूमिनन्द दुलालको हत्याको घटना संकास्पद रहेको जनाएको छ । छोराले बाबुलाई आक्रमण गर्दा माईली छोरी र ज्वाई घरको एउटा कोठामा मोवाईल खेलाएर बस्नु र घटना भएको चार घण्टा सम्म छिकेमी र प्रहरीलाई खबर नगर्नुले घटना संकास्पद रहेको इलाका प्रहरी कार्यालय रत्ननगर प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जीतकारले बताए ।
घटना हुदा श्रीमति र कान्छी छोरी टाँडी रहेको र घरमा पुगेर पनि घटना बारे चुपचाप भएको पाईयो डिएसपी रञ्जीतकारले भने यस्ता विषयले घटनालाई संकास्पद बनाएको छ हामीले प्रभावकारी रुपमा अनुसन्धान गरिरहेका छौं ।
परिवारका सबै मिलेर घटना लुकाउन खोजेको देखिएको उनको भनाई छ । परिवारको अभिभावक मारिदा पनि अन्य सदस्यहरु चुप लागेर बसेको देखिन्छ उनले भने घटनाक्रमलाई हेर्दा हेर्दा हत्यामा सबैको संलग्नता आशंक गर्न सकिन्छ ।













प्रतिक्रिया