४ कार्तिक २०८३, बुधबार

‘ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’का विजेता घोषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । वैश्विक स्मार्टफोन ब्राण्ड ओप्पोले ‘ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’का विजेताहरुको घोषणा गरेको छ ।

ओप्पोद्वारा यही साउन १३ गते पर्ने ‘रक्षाबन्धन’लक्षित गरी ‘ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’को आयोजना गरेको थियो । साउन ९ देखि ११ गते सम्म आयोजित सेल्फी कन्टेष्टमा झण्डै ७ सय जनाओप्पोका प्रयोगकर्ताले आफ्नो सेल्फी प्रेशित गरी सहभागिता जनाएका थिए ।

विजेताका रुपमा राजेश तन्डुकार, रश्मीमहर्जन र एन्जल्स हार्ट छनोट भएका छन् ।

तीनै जना भाग्यशाली विजेतालाई कम्पनीका तर्फबाट जनही २–२ ओटा ओप्पो ब्याग र ओप्पो गिफ्टबक्स उपहार स्वरुप हस्तान्तरण गरिएको छ । दिदीभाई र दाई बहिनी समावेश ती तस्विरमा रहेका दुबैले एक अर्कालाई प्राप्त गरेको पुरस्कार हस्तान्तरण गर्न सकुन् भन्ने उद्देश्यका साथयसो गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले काठमाडौं, कमलपोखरी स्थित आफ्नो ग्राहक सेवा सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई उपहार हस्तान्तरण गरेको हो ।

ओप्पोको नेपालका लागि सञ्चालित आधिकारिक फेसबुक पेजमार्फत आयोजित उक्त कन्टेष्टमा उपभोक्ताको उत्साहजनक सहभागिताका कारण भविष्यमा यस्ता कन्टेष्टको आयोजना गर्न थप हौसला मिलेको ओप्पोको नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले बताए ।