२१ कार्तिक २०८३, शनिबार

सुस्ताको विद्यालयलाई प्याब्सन नवलपरासीले दियो आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, १९ साउन । निजी अथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) नवलपरासीले सुस्ता गाउँपालिकाको सुस्तामा रहेको जनता दलित आधारभुत विद्यालयलाई रु १ लाख २० हजार आर्थीक सहयोग प्रदान गरेको छ । उक्त रकम सुस्तामा एक कार्यक्रमगरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सुस्तामा रहेको विद्यालयमा शिक्षक दर्वन्दी कम हुँदा पठनपाठनमा समस्या भएपछि प्याव्सनले एक जना शिक्षकलाई एक बर्षको तलब हुनेगरि सो बराबरको रकम प्रदान गरिएको प्याव्सन नवलपरासीका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । सो विद्यालयमा कक्षा ६ सम्म पढाई हुने गरेको र २६० जना विद्यार्थीहरु अध्यनरत रहेपनि दुई जना शिक्षक मात्रै राहत दर्वन्दीमा रहेको र अन्य पाँचजना शिक्षक निजी स्रोतबाट राख्नुपर्दा आर्थिक समस्या रहेको सो विद्यालयका प्रधानाध्यापक उदय रुचालले बताउनुभयो ।

प्याव्सन नवलपरासीका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता, जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेको प्रमुख अतिथ्य, सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य यामबहादुर थापा, प्रदेश सदस्य राजकिशोर यादव, प्रमुख सल्लाहकार सुमनगोपाल आर्चाय, पूर्व अध्यक्ष गोपेन्द्र न्यौपाने, सुस्ता वडा नम्बर ५ का अध्यक्ष प्रभुनाथ यादव, प्याव्सनका बरिष्ठ उपाध्यक्ष गरुदत्त पौडेल, सचिव बिनीराम भुषाल लगाएतले बोल्नुभएको थयो ।