काठमाडौं, १९ साउन । काठमाडौंको चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा पत्थरीको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
गोरखा जिल्ला स्थायी घर भई हाल चाबहिलमा बस्दै आएकी ५५ वर्षीया नन्दकुमारी लामिछानेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापर्वाहीले मृत्यु भएको भन्दै अस्पताल परिषरमा प्रदर्शन गरेका छन् ।
अस्पताल प्रशासनले घटनालाई लुकाउन खोजेको आरोप पीडित पक्षको छ । लामिछानेको मृत्यु भएपछि आफन्तले प्रदर्शन गर्नेवित्तिकै प्रहरीलाई बोलाइएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
डा.भोला रिजालको लगानी रहेको ओम अस्पताल बेलाबेलामा विवादमा परिरहन्छ । यसअघि पनि बिरामीको गलत उपचारका कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गर्नुका साथै प्रदर्शन समेत गरिसकेका छन् ।















प्रतिक्रिया