काठमाडौं, १९ साउन । भरतपुर महानगरपालिकाका एमाले उम्मदेवार देवी ज्ञवालीका छोरा निरव ज्ञवाली धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार निरव विहिबार अपराह्न २५ हजार धरौटी तिरेर रिहा भएका हुन् । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो फैसला सुनाएको हो ।
कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गरेको भन्दै बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले निरवलाई पुतलीसडकबाट नियन्त्रणमा लिई साइबर क्राइम मुद्दा चलाएको थियो ।












प्रतिक्रिया