काठमाडौं, १९ साउन । भरतपुर महानगरपालिकाका एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीविरुद्धको मुद्दामा बहस भइरहेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले आज विहान निरवविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइवर क्राइम मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अहिले बहस भइरहेको अदालतले जनाएको छ ।
ज्ञवाली निकट वकिलका अनुसार एमाले उम्मेदवारका छोरा आजै रिहा हुने सम्भावना छ । अदालतले धरौटीमा छाड्ने आदेश दिनसक्छ ।
अपराध महाशाखाले बुधबार दिउँसो निरवलाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो । उनलाई रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गरेको भन्दै रेणुका पति अनिल पाठकको उजुरीका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया