१ कार्तिक २०८३, आइतबार

तीज मोहत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । तीज पर्वको अवसरमा पोखराको लामाचौरमा हुने राष्ट्रिय महिला भलिवल प्रतियोगिताको छैटौं संस्करण भाद्र ६ गते देखि हुने भएको छ ।

नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भदौं ४ देखि संचालन हुने महिलाहरुको महान पर्ब हरितालिका तिज महोत्सवको मुख्य आकर्षकको रुपमा राष्ट्रिय खुला महिला भलिवल प्रतियोगिता हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराईएको हो ।

भदौं ८ गतेसम्म ईन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन काठमाण्डौंको न्यू डायमण्ड एकेडेमी, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वल एपिएफ क्लव, नेपाल आर्मी, पश्चिमाञ्चल भलिवल संघ र जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष वम बहादुर गुरुङले बताए ।

प्रतियोगिताको बिजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्रदान गरिने भएको महोत्सव प्रचार संयोजक गिरधारी शर्माले बताए ।

त्यस्तै, बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्रदान गरिने भएको छ ।

महोत्सवको अवसरमा भाद्र ४ गते देखि ६ सम्म बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता पनि आयोजना गरिने उनले जानकारी दिए ।

राष्ट्रिय महिला भलिवल प्रतियोगित संयोजक सुशिलकुमार श्रेष्ठले पहिलो संस्करण एपीएफले र दोश्रो देखि पाँचौ संस्करण लगातार न्युडायमण्ड एकेडेमीले जितेको जानकारी गराए । महोत्सवमा करिब २२ भन्दा बढी व्यपारिक स्टलहरु रहने पनि आयोजकले जनाएको छ ।