४ कार्तिक २०८३, बुधबार

कन्याममा चौबीस हजार पर्यटक भित्रिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १९ साउन । गत आर्थिक वर्ष २०७३/७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । कन्याम भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ ।

मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउनुहुन्छ ।

सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८२९ महिला र ३६  हजार ४७० पुरुष गरी कुल ६६ हजार २९९ जनाले इलामको भ्रमण गरेका थिए ।

पर्यटकले पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल, श्रीअन्तु करफोक र माईपोखरीको भ्रमण गरेका थिए । इलाम हुँदै पर्यटक फिदिम ताप्लेजुङ र तेह्रथुमसम्म पुग्ने गरेका छन् ।

सत्र हजार १९२ जनाले पशुपतिनगरको, इलाम सदरमुकामको १७ हजार ५५६ जनाले,  फिक्कलको चार हजार ३३२ जनाले तथा ७४४ जनाले अन्तु क्षेत्रको भ्रमण गरेका थिए । गत आवमा १५४ विदेशी पर्यटकले इलाम भ्रमण गरेका थिए । रासस