झलारी (कञ्चनपुर), १८ साउन । घरेलु हिंसा वढ्न थालेपछि कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वार्ड नं. ८ पुर्ण रुपमा मदिरा निषेध गरिएको छ ।
मंगलवार भएको वार्ड भेलावाट शुक्लाफाटा नगरपालिकाको वार्ड नं.–८ का स्थानियवासीहरुले सर्वसहमत रुपमा मदिरा नियन्त्रणका लागी आमा समुह, महिला समुह, विभिन्न संघ संस्था मदिरा निषेधित गर्न लागेका छन् ।
मदिराका कारण पुरुषहरुले महिलाहरु माथि घरेलु हिंसा र सामाजिक सद्भावमा असर पार्न थालेपछि वार्ड भेलावाट सर्वसहमत रुपमै मदिरा नियन्त्रण गर्न माग गरे पछि मंगलवार वसेको वार्ड भेलावाट वार्ड नं.–८ मा मदिरा उत्पादन, ओसार पसार र वेचविखनमा पुर्ण रुपमा निशेधित गर्ने निर्णय सर्व सहमत रुपमा भेलावाट पारित गरिएको नव निवार्चित वार्ड अध्यक्ष बहादुर सिहं महराले जानकारी दिनु भयो । वार्ड अध्यक्ष महराका अनुसार अबदेखी मदिराका सधैका लागी मदिरा बिक्रि गर्न सिफारिस बन्द गर्नुका साथै पुराना लाईसेन्स पनि खारेजीका लागी सम्वन्धीत निकायमा पहल गरिने बताउनुभयो ।
पुरुषहरुले दिनँहु महिला माथि हिंसा गर्ने भएकाले महिला तथा पुरुषहरु आफै संगठित भै मदिरा निशेधित वडा घोषणा गरेको प्रति खुशि व्यक्त गर्दै मदिरा नियन्त्रण समितिकी सदस्य तथा वैजनाथ महिला बहुउद्धेशिय सहकारी संस्थाकी अध्यक्ष द्धारिका कुवँरले महिलाहरुको मदिरा नियन्त्रण अभियान क्रमश नगर पालिका क्षेत्र भरी गर्र्र्नेेे बताउनुभयो ।













प्रतिक्रिया