२१ कार्तिक २०८३, शनिबार

जिसस सल्यानको संयोजकमा कांग्रेस-एमाले गठबन्धनका विष्ट निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, १८ साउन । जिल्ला समन्वय समिति सल्यानको संयोजकमा नेपाली कांग्रेसका महासमिति सदस्य केशबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार तुल्सीराम घर्ती जनकले उम्मेदवारी फिर्ता लिएपछि विष्ट निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस सल्यानका क्षेत्र नम्बर २ का सचिव नविन पौडेलले जानकारी दिनुभयो ।

संयोजकमा निर्विरोध भएपछि अब २३ गते हुने जिल्ला समन्वय समिति सल्यानको निर्वाचनमा उपसंयोजकमा मात्रै चुनाव हुने भएको छ । उपसंयोजकमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानलका तर्फबाट नेकपा एमालेका कुलबहादुर गिरी र नेकपा माओवादी केन्द्रको तर्फबाट हरिप्रकाश बुढाथोकी मिलन उम्मेदवार हुनुहन्छ । १० स्थानीय तह रहेको जिल्ला समन्वयमा समितिमा नेकपा एमालेका ७, नेपाली कांग्रेसका ६ र माओवादी केन्द्रका ७ जना गरी २० जनाले मतदान गर्न पाउँछन् ।