२१ कार्तिक २०८३, शनिबार

भूमिहीन आन्दोलनका अगुवा रामको निधनले इन्सेक शोकमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । सिनो बहिष्कार र भूमिहीन हरूवा चरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा–४ मधुपट्टि कनकपुर, सप्तरीका ६७ वर्षीय बलदेव रामको साउन १७ गते विहान निधन भएको छ ।

सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा कथित दलितहरूले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाइ गरेका रामले तराईका जिल्लामा सिनो फाल्नुपर्ने कुरीतिजन्य प्रथाविरुद्ध जेहाद छेडेका थिए ।

राष्ट्रिय भूमि अधिकार मञ्च, जनचेतना दलित सङ्गम मधुपट्टि र हरूवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्च स्तरिय भूमिसुधार आयोग २०६५ को सदस्यसमेत रहेका थिए ।

रामको निधनले नेपालको दलित आन्दोलनलाई अपुरणीय क्षति पुगेको भन्दै अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।