काठमाडौं । सिन्धुली लदाभिर पोखरेमा बुबा दर्ज बहादुर बम्जन र आमा आइतमाया तामाङको कोखबाट जन्मिएकी रेश्मा बम्जनले गायन क्षेत्रमा अघि बढेकी छन । पद्म कन्या क्याम्पसमा बि. म्युजिक गर्दै गरेकी गायिका बम्जनले हालै सेलो गीत डम्फु र सेलो बजारमा सार्वजनिक गरेकी छन् । उनले यो गीत पहिलो गीति एल्बम ‘प्रथमा’ मा समेटिएको छ ।
संगीतकार प्रकाश गुरुङ र चण्डिप्रसाद काफ्लेकी चेली गायिका बम्जन ‘प्रथमा’ लाई बजारमा ल्याउने अन्तिम तयारीमा पनि छिन्।
फूलकुमार बम्जनका शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन्। भिडियोमा रोशन लामा तथा रोहिणीले अभिनय गरेका छन्। गायिका बम्जनले आफ्नो डेब्यु एल्बम ‘प्रथमा’ मा ६ गीत समावेश गर्ने बताएकी छन्।
गायिका बम्जनले अहिलेसम्म होई च्याङबा, जन्ती लिएर, भुल भए देउ सजाय, च्याङबालाई देखेर लगायत थुप्रै गीतहरुमा स्वर दिएकी छन् । यसै गरी विभिन्न जिल्लामा आयोजित कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएकी छन् ।















प्रतिक्रिया