२१ कार्तिक २०८३, शनिबार

चितुवाको छालासहित गोंगबुबाट एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । अवैध वन्यजन्तु चितुवाको छालाको कारोवारमा संग्लन ध्रुवराज गौतमलाई काठमाण्डौ गोंगबु नयाँ बसपार्क एक होटेलबाट प्रक्राउ गरेको छ ।

कालिकोट पलाटा गाउँपालिका ८ मा बस्ने भक्त बहादुर रोकायले बिक्री वितरण गर्ने उदेश्यले आफ्नो साथमा राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वन्यजन्तु ऐन (२०२९ अन्तर्गत संरक्षित चितुवाको छाला थान(१ (एक) र हड्डी थान(१ (एक) सहित निजलाई अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाईएको छ ।

उक्त छाला निजले रोल्पाको साल्वाङ भन्ने ठाउँबाट ल्याएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।