काठमाडौं, १७ साउन । कागेश्वरी मनोहरा नगरपालीका– ९ का दामोदर खडकाले आफ्नी आमा सुन्दरी खडकाको पहिलो बार्षिक पुण्यतिथिको अवसर पारेर बृद्धाश्रमका असहाय बृद्ध–बृद्धाहरुलाई भोजन तथा लत्ताकपडा वितरण गरेका छन् ।
काठमाडौको बानेश्वरमा रहेको निःशहाय सेवासदन र गोकर्णमा रहेको माता रामेश्वरी आश्रममा पुगेर खडकाले त्यहाँ आश्रय लिएर बसेका करिब १ सयजना बृद्ध–बृद्धाहरुलाई भोजनका साथसाथै लत्ताकपडा र दक्षिणा वितरण गरेका हुन ।
स्थानीय समाजसेवी समेत रहेका खडकाले आमाको बार्षिक पुण्यतिथि आमाजस्तै बृद्धबृद्धासँग मनाउँदा आत्मालाई शान्ति मिलेको र आगामी दिनमा पनि यी आश्रमलाई आफुले सकेको सहयोग प्रदान गर्ने बताए ।













प्रतिक्रिया