२१ कार्तिक २०८३, शनिबार

मतदाता नामावली टोली वडासम्म पुर्याउन एमालेको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, १७ साउन । नेकपा (एमाले) बारा जिल्ला सचिवालय सदस्य डा. कृष्ण पौडेलले मतदाता नामावली थप गर्ने र अध्यावधिक गर्ने कार्य जनताको घरदैलोसम्म पुर्याउन मांग गर्नुभएको छ ।

एमालेको स्थानीय निर्वाचन अभियानअन्तरगत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ को डुमरवानाको वडा कमिटीको वैठकमा बोल्दै डा. पौडेलले उक्त आग्रह गर्नुभएको हो । डा. पौडेलले आम नागरिकमा निर्वाचनप्रति उत्साह थपिएको र स्थानीय तहमा मात्रै टोली केन्द्रीत गर्दा मतदाताहरुको अत्यधिक भिड देखिएकोले कम्तीमा वडा तहसम्म व्यवस्था गर्न निर्वाचन आयोगसंग आग्रह गर्नुभएको हो । ठुला स्थानीय तह विशेषतः उपमहानगर र वडाहरुमा अत्यधिक मतदाताहरुको चापका आधारमा सहज रुपमा फोटो खिचाउने कार्य गर्न जरुरी रहेको बताउनुभयो ।

एक अर्को प्रसंगमा डा. पौडेलले मुलुकभर एमालेले राष्ट्रियता, जनजिविका र समृद्धिको पक्षमा काम गरेकै आधारमा देशभर विजय हासिल गरेको बताउदै बारा जिल्ला र प्रदेश नं. २ मा पनि एमाले पहिलो पार्टी हुने बताउनुभयो । मधेशमा एमालेलाई बढार्ने भनिएपनि प्रदेश नं. १, ५ र ७ को मधेशबहुल क्षेत्रमा एमालेले अरुलाई बढारेको छ । मधेशको नारा लाउने तर मधेशको हितमा सिन्को पनि नभाच्नेलाई जनताले चिनेको बताउदै मधेशी जनता एमालेकै पक्षमा रहेको डा. पौडेलले बताउनुभयो ।

वडा कमिटी अध्यक्ष एवम् वडाअध्यक्ष उम्मेदवार राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य किशोर शर्मा, नगर संयोजक कृष्ण खनाल, वडा सदस्यका उम्मेदवारहरु लक्ष्मी नेपाली, नारायणदत्त अधिकारी, थलराज न्यौपाने, बालकुमारी चौधरीलगायतले बोल्नुभएको थियो ।

वैठकले आगामी अशोज २ गते आयोजना हुने स्थानीय निर्वाचन रणनीतिबारे छलफल भएको थियो ।