काठमाडौं, १७ साउन । सृष्टि खड्काले नेपाली सेनाको गोरखकाली गुल्मको जिम्मेवारी पाएकी छिन् ।
सेनाको मेजर पदमा कार्यरत खड्काले साउन १ गते गुल्मपतिको जिम्मेवारी पाएकी हुन् । अब उनले गोरखकाली गुल्मको गुल्मपतिको कमाण्ड सम्हाल्ने छिन् ।
सैनिक मुख्यालयले उपत्यकाभित्रको पृतनामा रहने गरी महिलालाई पहिलो पटक गुल्मपति बनाएको स्रोतको भनाइ छ । खड्काले स्टाफ कलेज गरेकी छैनन् ।
सेनानी खड्का २०६१ माघ १७ मा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन ।











प्रतिक्रिया