१० मंसिर २०८३, बिहिबार

गृहमन्त्री शर्माको नजर प्रहरीको ठूला पदतिर, सानाको बेहाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । गृहमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको प्रहरीको सुधार योजनापछि नेपाल प्रहरीका नायब निरीक्षकहरू (सई)को यति बेला बढुवा भइसक्नु पर्ने थियो । शर्माका कारण बढुवा प्रक्रिया अल्झिएको छ ।

प्रहरीमा २०५९ र ०६० सालमा सईमा बढुवा भएकाहरू अहिलेसम्म इन्स्पेक्टर बन्न सकेका छैनन् । गृहमन्त्री शर्माले नेपाल प्रहरीमा सहायक हवल्दार र वरिष्ठ सई गरी दुई वटा पद थप्ने योजना सार्वजनिक गरेका थिए ।

तर, त्यसले झनै अन्योल बढाएको छ । लामो समयसम्म अवरुद्ध सईहरूको बढुवा प्रक्रिया अबरुद्द बनेको छ भने अन्य दर्जाहरुको बढुवाको जाम खुलेको छ ।

अहिले इन्स्पेक्टर पदमा करिब एक सय ३० दरबन्दी दरबन्दी खाली छन् । करिब १५ वर्षदेखि सईमा रहेकाहरूको बढुवा नहुँदा केहीले त जागिर छाडेर बिदेश हिडिसकेका छन् ।

गत साता मात्र सईद्वय देवेन्द्र रावल र शरद भट्टराईले जागिर छाडेका छन् । अहिले प्रहरीमा रोचक त के छ भने असईबाट सईमा बढुवा भएका र जवानबाट सई बनेका एकै ठाउँमा छन् ।

एक प्रहरी अधिकारीले टिप्पणी गर्दै भने, ‘आफूले कमाण्ड दिएका जवानदेखि हबल्दार भएकाहरू सई बनेका छन् । अहिले तिनैको कमाण्ड दिनेको हैसियतमा पुगिसकेका छन् । तर १५ वर्षबाट कमाण्ड दिनेहरू उही दर्जामा छन् । यो भन्दा लाजमर्दी के होला ।’

स्रोतका अनुसार सईबाट इन्स्पेक्टरमा बढुवा हुने उम्मेदवारको संख्या धेरै भएका कारण ६० प्रतिशत बढुवाद्वारा र ४० प्रतिशत खुलाद्वारा पदपूर्ति गर्ने गरी नियमावली संशोधनको तयारी गृह र हेडक्वाटरले गरेको छ ।

लोकसेवा आयोग भने नियमावली संशोधन गरेर बढुवाद्वारा पदपूर्तिको संख्या बढाउने पक्षमा नभएको हुँदा सई बढुवा प्रक्रियाअबरुद्द बनेको छ ।