४ कार्तिक २०८३, बुधबार

दाङमा पर्याप्त वर्षा नहुँदा खेत बाँझै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १७ साउन । समयमा पर्याप्त वर्षा नहुँदा दाङमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार देउखुरी क्षेत्रमा सिचाइँ सुविधा भएका कारण त्यस क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकाको सिँचाइ सुविधा पुगेका केही वडामा मात्र धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा खेत बाँझै छन् ।

किसान धान रोपाइँ गर्नका लागि ब्याड राखेर तयारी अवस्थामा बसेका छन् । तर पर्याप्त मात्रामा वर्षा हुनसकेको छैन ।

जिल्लामा ३६ हजार हेक्टर जग्गामा धानखेती हुँदै आएको बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताउनुभयो । चालीस प्रतिशत खेती आकाशे पानीको भरमा हुने गर्दछ । यस वर्ष जिल्लाका धेरै किसानले हाइब्रिड जातका धान युएस ३१२, युएस ३१६, चाँदनी, तारा लगायत लगाएका छन् ।

केही स्थानमा विन्देश्वरी, राधा १७ हर्दिनाथ लगायतका जातका धानखेती गरिएको छ । वर्षा नहुँदा यस वर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको छ । जिल्लामा मलको कुनै अभाव नभएको कृषि सामग्री संस्थानले जनाएको छ । रासस