चितवन, १६ साउन । पुनः मतदान गर्ने सर्वाेच्च अदालतको फैसलासँगै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको मिति घोषणा गर्न सर्वदलीय बैठक बोलाइएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा भोलि बस्ने बैठकमा दलहरुको सहमतिको आधारमा निर्वाचन मिति घोषणा गर्ने तयारी छ ।
सर्वोच्च अदालतबाट फैसला इमेल प्राप्त भएपछि प्रमुख निर्वाचन अधिकृतले नयाँ निर्वाचनको मिति तोक्न आन्तरिक छलफल गरि भोलिलाई सर्वदलीय बैठक बोलाएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।












प्रतिक्रिया