२१ कार्तिक २०८३, शनिबार

एक महिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाई अभियान सम्पन्न

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा सरसफाई अभियानको आज समापन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले सुरु गरेको उक्त अभियान एक महिनापछि आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम आयोजना गरी समापन भएको हो । समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाई अभियन्ता खेम शर्मा र पत्रकार ऋषि धमला लगायतको उपस्थिति थियो ।

एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाई गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि अतिथि देवो भव अभियान अन्तर्गत सरसफाइ अभियान सुरु गरेको थियो ।

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबाट हस्ताक्षरित सहमति बमोजिम आज भन्दा एक महिना अघि अर्थात जुलाई १ मा सरसफाई अभियान सुरु भएको थियो । संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ। एक महिनाको अवधिमा विमानस्थलको मुहार नै परिवर्तन भएको थियो ।

समापन कार्यक्रममा उक्त अभियानमा खटिने स्वयमसेवक, कर्मचारी तथा प्राविधिकहरुलाई संयुक्त रुपमा खादा, माला लगाएर बरिष्ठ उपाध्यक्ष भट्टले सम्मान गरेका हुन् ।

कार्यक्रममा एनआरएनए बरिष्ठ उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वार नै विमानस्थल भएकोले यसको सरसफाई सबैको जिम्मेवारीभित्र पर्ने बताउँदै यो एक महिनामा विमानस्थलको मुहार साँच्चिकै परिवर्तन भएको आफूले पाएको बताए ।