२१ कार्तिक २०८३, शनिबार

रुपन्देही प्रहरीमा मुद्दा दर्ताको दर बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १६ साउन । विगतका वर्षमा भन्दा आर्थिक वर्ष २०७३–०७४ मा रुपन्देही प्रहरीमा धेरै मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष ०७१–०७२ मा १ हजार १ सय ५३ मुद्धा दर्ता भएकोमा त्यो दर आर्थिक वर्ष ०७२–०७३ मा ८ सय ८० थियो भने गएको आर्थिक वर्ष ०७३।०७४ मा १ हजार ४ सय ६६ हुन पुगेको छ ।
यसरी दर्ता भएका मुद्धा मध्ये आर्थिक वर्ष ०७३–०७४ मा ९ सय ९२ मुद्धा फछ्र्यौट भएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर धानुकले जानकारी दिए ।

त्रिवर्षिय अपराधको बारेमा जानकारी दिदैं एसपी धानुकले विगतका वर्षमा भन्दा गत आर्थिक वर्ष ०७३।०७४ मा कर्तव्य ज्यान, विष सेवन गरी आत्म हत्या, झुण्डी आत्म हत्या , जवरजस्ती करणी, लागु औषध, नकवजनी चोरी, सवारी ज्यान, भवितब्य ज्यान, नागरिकता कृते, सरकारी छाप दस्तखत कृते मुद्धा वृद्धि भएको बताए ।

प्रहरीले जिल्लामा भएको मुख्य अपराधिक घटनामा सफलता प्राप्त गरेको दाबी समेत गरेको छ । प्रहरीले युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि सफलता प्राप्त गरेको बताएको छ । यद्यपी तिवारी हत्या काण्डका मुख्य आरोपीत मनोज पुन अहिले सम्म फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका डिएसपी बेलबहादुर पाण्डेले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत रहेको दाबी गरे ।